नेपालको पुरानो बीमा कम्पनीको यस्तो छ गत वर्षको प्रगति
काठमाडौं । नेपालको सबैभन्दा पुरानो निर्जीबन बीमा कम्पनीको गत वर्षको नाफा १२.३६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष २१ करोड ४ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष २३ करोड ६५ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
इन्स्योरेन्सले अघिल्लो वर्ष ५४ करोड १२ लाख ८० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन रहेकोमा गत वर्ष ६५ करोड ३७ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
यस्तै इन्स्यारेन्सको दाबी भुक्तानी १७ करोड ८५ लाख २१ हजार रुपैयाँ रहेको छ ।
१ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ९६ लाख ६ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा ४१ अर्ब ३३ करोड ६८ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २१ पैसा रहेको छ ।