नेशनल लाइफको नाफामा १६ प्रतिशतको सुधार, कोरोनाले पारेन असर
काठमाडौं । गत वर्ष नेशनल लाइफ इन्स्यारेन्सको नाफा १६.३२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष ३३ करोड ६३ लाख ३८ हजार २ रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष ३९ करोड १२ लाख २९ हजार १३८ रुपैयाँ नाफा आर्जन गरेको छ ।
इन्स्योरेन्सले अघिल्लो वर्ष ७ अर्ब ८० करोड २ लाख ४६ हजार ६९४ रुपैयाँ खुद बीमा शुल्क आर्जन रहेकोमा गत वर्ष ९ अर्ब ११ करोड ४० लाख ७९ हजार ९३६ रुपैयाँ रहेको छ ।
३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पुँजी रहेको नेशनलको जगेडा कोषमा १ अर्ब ३ करोड ६१ लाख ८१ हजार ७७२ रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ३३ अर्ब ७२ करोड १६ लाख १० हजार ७३४ रुपैयाँ रहेको इन्स्यारेन्सको महा विपत्ती जगेडामा २७ करोड ८९ लाख २४ हजार ४५८ रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
विश्वभर फैलिएको कोरोनाको असर नेपालमा परेपछि नेशनलको ब्यापार विस्तारमा भने असर न्यून देखिएको छ । जसले गर्दा इन्स्योरेन्सको गत वर्षको अन्तिम त्रैमासको नाफामा पनि सुधार देखिएको छ ।