यूनियन लाइफ इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढ्यो



काठमाडौं । गत वर्ष यूनियन लाइफ इन्स्यारेन्सको नाफा ४०.७० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष ६ करोड ८९ लाख ९८ हजार ७७ रुपैयाँ नाफा आर्जन गरेकोमा गत गत आवमा ९ करोड ७० लाख ८३ हजार ३१६ रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै अघिल्लो वर्ष २ अर्ब ९४ करोड ८७ हजार ८७८ रुपैयाँ बीमा शुल्क आर्जन गरेकाेमा गत वर्ष ४ अर्ब ५० करोड २२ लाख ७० हजार ७८२ रुपैयाँ रहेको छ ।

१ अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यूनियन लाइफको जगेडा कोषमा ४४ करोड ८५ लाख ६२ हजार ३६४ रुपैयाँ रहेको छ ।

जीवन बीमा कोषमा ४ अर्ब २८ करोड १५ लाख २१ हजार २५ रुपैयाँ रहेको इन्स्यारेन्सको महा विपत्ती जगेडामा ४ करोड ९८ करोड ४९ लाख २६४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु