कामना सेवा विकास बैंकले निक्षेप १० अर्बले बढायो, नाफामा भने कोरोनाको असर
काठमाडौं । कामना सेवा विकास बैंकले एकवर्षमा १० अर्ब रुपैयाँले निक्षेप बढाएको छ ।
बैंकले असार मसान्तसम्ममा ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप २३ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
यस्तै बैंकले एकवर्षमा कामना सेवाले ७ अर्ब ४ करोड रुपैयाँ कर्जा बढाएको छ । असार मसान्तसम्ममा कामना सेवाले २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १८ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
पछिल्लो समय विकास बैंकमा आक्रामक ढंगले कामना सेवा विकासले शाखा विस्तार गरेको छ । कोभिडको असर बैंकको नाफामा परेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड ४८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कामना सेवा विकास बैंकको नाफा २८ करोड थियो ।
कोभिडले गर्दा ब्याज नउठेपछि बैंकको नाफा घटेको हो । जसको कारण पछिल्लो तीन महिनामा बैंकले १६ करोड रुपैयाँ घाटा भएको छ । सेयरधनीलाई बाड्न मिल्ने नाफा १३ करोड रुपैयाँ नोक्सानी छ ।
कामना सेवा विकास बैंकको पूँजीकोष अनुपात १३.४० प्रतिशत रहेको छ । यस्तै एनपीएल २.१३ प्रतिशत,कर्जा निक्षेप अनुपात ७४.६० प्रतिशत छ भने बेसरेट १०.५५ प्रतिशत रहेको छ । स्प्रेडदर ४.९१ प्रतिशत रहेको छ ।