सिजीको रिचार्जेबल फ्यान र १४ प्रकारका कुलर नेपाली बजारमा



काठमाडौं । नेपालकै नम्बर १ इलेक्ट्रिोनिक्स ब्राण्ड सिजीले गर्मी मौसमलाई ध्यानमा राखि विभिन्न नयाँ मोडलका फ्यान र कुलर नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले सिलिङ, स्ट्याण्ड, रिचार्जेबल, अल पर्पोज, एक्जस्ट, टेबल र वाल फ्यान बजारमा ल्याएका छन् ।

त्यसैगरी, बत्ती गएको समयपछि पनि चिसो हावा लिनका लागि रिचार्जेबल फ्यान ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सिलिङ फ्यानमा धेरै टर्क मोटर र आरपीएम रहेको र चलाउँदा विभिन्न किसिमको रङ फाल्ने विशेषता रहेको जनाएको छ । त्यस्तै, स्ट्याण्ड फ्यानमा पाँचवटा ब्लड भएको र धेरैभन्दा धेरै हावा प्रवाह गर्नुका साथै रिमोट भएको फ्यान बजारमा ल्याएको छ ।

त्यस्तै, अर्को सिजीले बजारमा १४ प्रकारमा कुलरहरु ल्याएको छ । कुलरका प्रकारहरुमा डेजर्ट, विन्डोज, टावर र पर्सनल जस्ता रहेका छन् ।

कम्पनीका अनुसार कुलरहरुमा प्रायः सबैमा रिमोट, हनिकम प्याड, पावर पुल मोटर, आईस च्याम्बर, कार्बन फिल्टर, इनर्जी सेभिङ जस्ता विशेषता रहेका छन् ।


क्लिकमान्डु