सेयर बजारमा भारी गिरावट, नेप्सेले क्रस गर्यो मनोवैज्ञानिक घेरा
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ४२.७८ अंकले घटेर १३९६.२८ बिन्दुमा रोकिएको छ ।
बजारमा आएको गिरावटसँगै लगानीकर्ताको १४ सयको मनोवैज्ञानीक घेरा तोडिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ८.१८ अंकले घटेर २९२.७७ बिन्दुमा रोकिएको छ । १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ ४१.४८, होटल ७१.४३, विकास बैंक ५४.४, निर्जीबन बीमा २३१.६६, उत्पादन तथा प्रशोधन ६६.६२, माइक्रोफाइनान्स ७४.७७, जीवन बीमा समूहको उपसूचक २८३.८ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ६५ लाख १७ हजार ७५ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्यारेन्स र एनएमबी बैंक रहेका छन् ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्यारेन्स, नेपाल फाइनान्स, छ्याङदी हाईड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने जोशी हाईड्रोपावर, ओरियन्टल होटल, हिमालयन उर्जा विकास कम्पनी, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।