बैंक तथा वित्तीय संस्थाको नगद लाभांशमा कडाई, बोनसमा प्रोत्साहन
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार गतवर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांशभन्दा बोनस सेयर दिनुपर्ने भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार जारी गरेको एकीकृत निर्देशिका अनुसार गतवर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी रकम नगद लाभांश बाड्न पाउने छैनन् । यस्तो लाभांश रकम २०७७ सालमा सो संस्थाको निक्षेपको औसत भारित ब्याजदरभन्दा बढी हुन पाउने छैन ।
खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैनन् ।