एक दिनमै १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको एक लाख नजिक



काठमाडौं । सुनको मूल्य एक दिनमै १२ सय रुपैयाँले बढेको छ । आइतबारको तुलनामा छापावाला सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ । आइतबार प्रतितोला छापावाला सुन ९६ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा खरिद बिक्री गरिएको चाँदीको मूल्य सोमबार ५५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैयाँ पुगेको हो ।


क्लिकमान्डु