बिहे गरी अमेरिका लैजान्छु भन्दै साढे ६ लाख ठगी गर्ने २ युवती पक्राउ
काठमाडाैं । बिहे गरी अमेरिका लैजान्छु भन्दै ठगी गर्ने २ युवतीहरु पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत् युवाहरुलाई फलो गर्ने र आफू अमेरिकाको डीभीमा परी क्यार्लिफोनियामा बस्दै आएको, बिहे गरेपछि अमेरिका लैजाने भन्दै विभिन्न बाहना बनाइ ठगी गर्ने युवतीहरुलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
उनीहरुले ठगी गरेको जाहेरी दरखास्तका आधारमा प्राविधिक बिश्लेषणको माध्यामबाट अनुसन्धान गर्दा उक्त कार्य गर्ने जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षे कोपिला शर्मा र सोही स्थानमा बस्ने १९ वर्षे अमिसा केसीले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई ठगी मुद्दद्दाामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत ठिमिमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले सामाजिक सञ्जाल संजाल टिकटक र फेसबुकमा पीडितलाई फलो गरिरहने र फ्रेन्ड रिक्वेस्ट पठाउने र म तपाईको फ्यान हो भनी एस्सेप्ट गर्न बाध्य बनाई कोपिला शर्माले आफू अमेरीकाको डीभी परेको हाल लकडाउनले नेपालमा बसोबास गर्दै आएको र नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, सो सञ्चालन गर्ने पैसाको आवश्यक परेको र पीडितलाई पार्टनर बनाउने भनी पटक-पटक गरी ५ लाख रूपैयाा ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।
साथै कोपिला शर्माले आफ्नो बुवाको समेत फेक अकाउन्ट बनाएर ढुकुटीको पैसा तिर्ने बहाना बनाई ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । आफू अमेरीकाको डीभी होल्डर हो भनी बिश्वास दिलाई भक्तपुरको एकजना पीडितको छोरीसँग मितेरी लगाई अमेरीका लैजान्छु भन्ने बिश्वास दिलाई १ लाख ६० हजार ठगी गरेको प्रहरीको भनाइ छ ।
साथै फिल्म क्षेत्रका व्यक्तिहरूलाई समेत फेसबुकमा निक्की पाैडेल नामको फेक अकाउन्ट बनाएर कुराकानी गरी आफूसंग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्ने खोजेको प्रहरीको भनाइ छ ।