सनराइज बैंकमा विवाद बढेपछि दुबै पक्ष राष्ट्र बैंकमा, सहमति गर्ने राष्ट्र बैंकको प्रयास
काठमाडौं । सनराइज बैंकको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृतबीच विवाद बढेपछि राष्ट्र बैंकले छलफलका लागि बोलाएको छ ।
सनराइज बैंकको संचालक समितिमा अध्यक्ष मोतिलाल दुगड सीइओ जनकशर्मा पौडेललाई राख्ने पक्षमा छन् । अर्का संचालक तथा मोतिलालका भतिजा मालचन्द्र दुगड सीइओ पौडेललाई हटाउने पक्षमा छन् ।
काकाभतिजको विवादमा संचालक समितिका सदस्यहरु समेत दुई गुटमा विभाजित भएका छन् । मालचन्द्र दुगडले सीइओ नहटाउने भए अध्यक्ष पद छाड्न मोतिलाललाई भनेका थिए । संचालक समितिले बहमुत सदस्यले सीइओ हटाउने चेतावनी समेत पौडेललाई दिएका थिए ।
सनराइज बैंकमा संचालक र सीइओको विवाद बढेपनि राष्ट्र बैंकले सहमतिका लागि बोलाएको छ । सहमति नभएमा राष्ट्र बैंकसँग संचालक समिति नै भंग गर्दिने तथा व्यवस्थापन समिति नै परिवर्तन गर्न सक्ने अधिकार छ ।
संचालक समिति सदस्य सहित सीइओ अहिले राष्ट्र बैंकमा छन् ।