सिंहदरबारकाे मुख्य प्रवेश द्वारमा लेउ लाग्यो, महानगरले गर्यो सफा
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ ।
देशकै मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको हो ।
सफाइको क्रममा ढोकाको माथिल्लो भागमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो । त्यो भ¥याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट एरियल (टर्नटेबल) ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार उखेलिएको थियो ।
ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ्याइएका इटामाथि लेउ लागेर चिप्लो भएको थियो भने झार पलाएर ढोकाका आकर्षण घटेको थियो ।
वातावरण व्यवस्थापन बिभाग करीब ४० जना जनशक्ति खटाएर भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गरिएको थियो ।
सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइएको थियो भने जेटको प्रयोग गरेर पखालिएको थियो ।