१ हजार दरको नोटमा अब राम लक्ष्मण हात्तिको फोटो,डिजाइनमा परिवर्तन



काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने १००० दरको नोटमा अब दुईवटा हात्तिको चित्र रहने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै १००० दरको नोटमा एउटा हात्तिको चित्र रहने गरेकोमा अब दुईवटा हुने जनाएको छ ।

नोटको मध्यभागमा चितवन जिल्लाको सरकारी हात्तिसारमा रहेको नेपाली हात्तिममा दुर्लभ मानिने देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तिको फोटो हुने जनाएको छ ।

साउन महिनाको ७ गतेदेखि संचालनमा आएको नोटको बायातर्फ सगरमाथाको चित्र रहने छ ।

नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरन्जिवी नेपालको हस्ताक्षर हुने छ ।


क्लिकमान्डु