पुनरकर्जा कार्यविधि लागू, बढी नाफा कमाउने संस्था र व्यक्तिगत ऋणीले सुविधा नपाउने



काठमाडौं । सरकारको पुनरकर्जा सुविधा २० प्रतिशतभन्दा बढी नाफा गर्ने संस्था र व्यक्तिगत ऋणीले उपयोग गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनकर्जा कार्यविधि, २०७७ लागू गरी सो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले मंगलबार पुनरकर्जा कार्यविधि सार्वजनिक गरी ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जा पुनर कर्जाको लागि अयोग्य हुने उल्लेख गरेको छ । पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्युटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले पनि पुनरकर्जा सुविधा उपयोयी गर्न पाउने छैनन् । साथै चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायलाई पनि पुनर कर्जाको लागि अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, उद्यम व्यवसायको लागि नभएर व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट, घर जग्गा, सवारी, घरायसी सामग्री, सुनचाँदी खरिदका लागि लिएका कर्जा पुनर कर्जाको लागि अयोग्य हुनेछन् । साथै मार्जिन कर्जा सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जामा पुनरकर्जा नदिइने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु