यातायात क्षेत्रका मजदुरको कोरोना बीमा हुने, सरकार र व्यवसायीले  शुल्क व्यहोर्ने



काठमाडौं । यातायात क्षेत्रमा काम गर्ने मजदुरको कोरोना बीमाबापत लाग्ने शुल्क आधा सरकार र आधा व्यवसायीले व्यहोर्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनवहादर हमालसँग भएको छलफलको क्रममा यातायात श्रमिकहरुको समुह कोरोना बीमाका लागि सरकारले ५० प्रतिशत र
सम्बन्धीत व्यवसायीले ५० प्रतिशत विमाङक रकम व्यहोर्ने गरी सबै श्रमिकहरूको बीमा गरिने जानकारी गराइएको छ ।

यातायात श्रमिकहरुको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको स्थापना गर्न विभाग मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

लकडाउनपछि सार्वजनिक सवारी साधन सञ्चालन गर्न सवारी तथा यातायात व्यवस्था एनमा व्यवस्था भएको छोटो, मध्यम र लामो दुरीमा मेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागले पहल गर्ने निर्णय भएको छ ।

सार्वजनिक सवारी साधनमा काम गर्ने यातयात श्रमिकहरूलाई आवश्यक पर्ने मास्क, पन्जा, स्यानीटाईजर, पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु सम्बन्धीत व्यवसायीहरूले व्यवस्था निर्णय भएको छ ।

सरकारको निर्णय बमोजिम सार्वजनिक सवारी साधन सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड र अन्य व्यवस्थापकिय तयारी गरी महासंघका सम्पूर्ण सदस्य कम्पनी, प्राली, व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई आगामी साउन ८ गतेदेखि सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु