आर्थिक वर्षको अन्तिम ३ दिनमा बैंकहरुले ६३ अर्ब रुपैयाँ ऋण दिए



काठमाडौं । आर्थिक वर्षको अन्तिम ३ दिनमा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ऋण दिएका छन् । ३ दिनमा ६३ अर्ब रुपैयाँले ऋण बढाएपनि निक्षेप भने परिवर्तन भएन ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुमा ३४ खर्ब ८७ अर्ब रुपैयाँ कुल निक्षेप छ । यस्तै कर्जा २९ खर्ब ३ अर्ब रुपैयाँ छ ।

जसमा स्वदेशी मुद्रामा ३३ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप छ विदेशी मुद्रामा १ खर्ब २५ अर्ब निक्षेप तथा ऋण स्वदेशी मुद्रामा २८ खर्ब ६ अर्ब तथा विदेशी मुद्रामा ९७ अर्ब रुपैयाँ ऋण रहेको छ ।

बैंकहरुमा असार १९ पछि ऋण बढेको देखिन्छ । असार महिनामा मात्र बैंकहरु ९१ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । निक्षेप १ खर्ब १९ अर्ब रुपैयाँले बढेको छ ।

असार मसान्तमा बैंकहरुले ऋणीसँग ऋण तिर्नको लागि ऋण दिने व्यवस्था मिलाएर ऋणलाई पुर्नसंरचना गर्ने गर्छन् । त्यो हुँदा असार मसान्तको अन्तिम दिनमा ऋणको माग ह्वातै बढ्ने गर्छ ।

गतवर्ष ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप बढेको छ । यस्तै कर्जा ३ खर्ब ९८ अर्ब रुपैयाँले बढेको देखिन्छ ।


क्लिकमान्डु