मञ्जुश्री फाइनान्सको नाफा २८४ % ले बढ्यो
काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको वित्तिय विवतरण सार्वजनिक भएको छ ।
यो अवधिमा फाइनान्सले २८ करोड ९ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २८४.१० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ७ करोड ३१ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा फाइनान्सको वितरणयोग्य नाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको छ । फाइनान्सकाे लगानीकर्तालाइ लाभाशं दिन सक्ने क्षमता १४ प्रतिशत रहेकाे छ ।
फाइनान्सको नाफा बढन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिन्छ । अघिल्लो आवको चौथो त्रैमासमा ३५ करोड ८७ लाख ६६ हजार खुद ब्याज आम्दानी रहेको फाइनान्सको गत आवको सोही अवधिमा आईपुग्दा ३८ करोड ५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा अघिल्लो आवको चौथो त्रैमासमा १० करोड ३९ लाख ६४ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा १९ करोड ७१ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको छ ।
५ अर्ब ८१ करोड ८२ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको फाइनान्सले ५ अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
प्रति सेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा रहेको फाइनान्सको प्रति सेयर नेटवर्थ १४८ रुपैयाँ ४० पैसा रहेको छ ।