राैतहटका एकजना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३९ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित थप एकजनाको  मृत्यु भएको छ । यसरी कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार  राैतहट जिल्लाका परवानी नगरपालिका वडा नम्बर ७ निवासी  ३६ वर्षका एक पुरूषको मृत्यु भएको हो । उनमा रूघा खोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो देखिएपछि नारायणी अस्पतालम वीरगञ्जमा भर्ना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार ११६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ११ हजार २५  जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६५७ जना उपचारपछि निको भएका छन् । यो संक्रमितमध्ये ६४.२ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९० वटा पीसीआर परीक्षण गरिएको छ भने हालसम्म २ लाख ९८ हजार ८२९ वटा पीसीआर परीक्षण गरिएको छ ।

हाल आइसोलेसनमा ६ हजार ११३ जना संक्रमित छन् भने क्वारेन्टिनमा २४ हजार ५२७ जना छन् । हालसम्म ३९ जनाको मृत्यु भइसको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

 


क्लिकमान्डु