सरिता गिरी पार्टीबाट बर्खास्त, सांसद पद पनि गयो



काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई कारबाही गरेको छ । पार्टीले गठन गरेको कार्यदलले कारबाहीका लागि गरेको सिफारिसलाई पदाधिकारीको बैठकले अनुमोदन गरेपछि उनी पार्टीबाट निष्काशनमा परेकी हुन् । यसका साथै गिरीको सांसद पद समेत गुमेको छ ।

सरकारले भारतले अतिक्रण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर बनाएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधिान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

पार्टीले प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानेकी थिइनन् ।

गिरीबारे छानबिन गर्न समाजवादी पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।


क्लिकमान्डु