
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ थियो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य ४ हजार २ सय ३५ रुपैयाँ रहेकोमा शुक्रबार ५५ रुपैयाँ प्रतितोला घटेको हो ।






प्रतिक्रिया