आज पनि स्थगित भयो प्रतिनिधि सभा बैठक

455
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार पनि स्थगित भएको छ ।

प्रतिनिधि सभाले शनिबार बिहान ११ बजेका लागि बस्ने गरी नयाँ सूचना जारी गरेको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सो समयमा बस्न नसक्ने भएकाले शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

यसअघि बिहीबारका लागि बैठक बस्ने मिति तोकिएकोमा स्थगित भएको थियो ।