सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको १० लाख अमेरिकी डलर लगानी



काठमाडौैं । नेपाललको स्थानिय अग्रणी इकर्मस कम्पनी सस्तोडिल डटकममा अब डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक मिलियन डलरको अतिरिक्त लगानी गर्ने भएकोे हो। हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा एक अर्व पुर्याउने  ‘माईलस्टोन’ लक्ष्य हाासिल गर्न प्रयोग गरिनेछ ।

सन् २०११ मा स्थापित, सस्तोडिल नेपालको सबैभन्दा ठूलो र लोकप्रिय अनलाइन शपिंग प्लेटफर्म हो । कोभिड–१९ को प्रभाव पर्नु भन्दा अगाडी कम्पनीको बृद्धि ३०० ५ को हाराहारीमा भएको सस्तोडिलका निर्देशक एवं सिइओ अमुन थापा बताउँछन्। लकडाउनको क्रममा, नयाँ ग्राहकहरुको संख्या झन धेरै बढ्दै गएको थापाले बताए।

“सरकारको निति अनुसारमा लकडाउनमा ग्राहकलाई आवश्यक सामाग्री पुर्याउन हामीले सरकारको एक हिस्सा भएर काम गरेका थियौं । अहिले लकडाउन सहज हुँदै गइरहेको बेला पहिलेभन्दा माग झन् बढेको छ किनकी अब नयाँ ग्राहकहरु अनलाइन शपिंगको बारेमा धेरै जानकार भइसकेका छन् ू थापाले भने ।

डोल्मा इम्प्याक्ट कोष, नेपालमा पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोष लगानीकर्ताको रुपमा परिचित छ । सो कोष सस्तोडिलको पहिलेदेखि नै एक शेयरधनिको रुपमा रहेको थियो । उक्त कोषले सस्तोडिलको लगानी वृद्धि गर्नको लागि अन्य सेयरधनिहरुसँगै एउटा महत्वपूर्ण लगानीलाई अनुमोदन गरेका छन्। । उक्त कोष वृद्धिले उत्पादनको वर्गिकरण, नयाँ प्रतिभालाई स्थान, कोर अपरेशन, विक्रेता सशक्तीकरण र नेपालका अन्य क्षेत्रहरुमा सेवा विस्तार लगायतका क्षेत्रहरुलाई समेट्ने थापाले बताए।

काठमाडौ बाहिरका उपभोक्तालाई मध्यनजर गर्दै थापाले भने( “लकडाउनको बेलामा काठमाडौं उपत्यका भित्रका ग्राहकहरुलाई सेवा सीमित गर्नु पर्‍यो । यसर्थ यस लगानीले हामीलाई काठमाडौ भित्र र बाहिरका दुबै उपभोक्ता र व्यवसायि माझमा सेवा लिएर जान मद्दत गर्नेछ।ू

डोल्मा इम्प्याक्ट फन्डका सीईओ टिम गोचर भन्छन् “यो छिटो बृद्धि हुने उद्योग हो जसले लकडाउनको क्रममा महत्वपूर्ण काम गरेको थियो। यो नयाँ लगानीले सस्तोडिल प्रतिको हाम्रो विश्वास लगायत स्वास्थ्य सेवा र नवीकरणीय उर्जा जस्ता क्षेत्रहरुमा हाम्रो लगानीलाई निरन्तरता दिन अझ बलियो आधार दिएको छ । स्थानीय साझेदार सँगै यस ुफाइनान्सिंगुको नेतृत्व गर्न पाउँदा हामी हर्षित छौं। ”

खुद्रा ब्यवसायको तुलनामा, इकर्मस अझै पनि अल्पसंख्यकको रुपमा रहेको छ । तर जसरी भारत र बाँकी विश्वमा यो उद्योग स्थापना हुँदैछ, नेपालमा पनि यस्तै छनक देख्न सकिन्छ । वालमार्ट, विश्वको सबैभन्दा ठूलो रिटेलरले भारतको अग्रणी इकमर्स कम्पनी फ्लिपकार्टमा १६ अर्व डलरको लगानी गरेको छ । हालसालै अम्बानीको जियो रिलायन्स पनि ईकमर्स तर्फ आबद्ध भएर अहिले फन्ड जुटाउने तिर लागेका छन्।

‘इकमर्स भारत र विश्वभरको लगानीको लागि एउटा राम्रो आकर्षण होे र हामी अहिले नेपालमा पनि यस्तै प्रवृत्ति को विकास भएको देख्न सक्छौँ’ सिइओ थापा भन्छन ।

आउँदो दिनमा सस्तोडिलले एउटा बाहिरी कम्पनि संग एक ठूलो साझेदारी गर्ने योजना राखेको छ। कम्पनीका सीसीओ अमितेश रायका अनुसार यो साझेदारी नेपालका लागि गेम चेन्जरुको रुपमा स्थापित हुनेछ । राय भन्छन्  ‘हामी आशा गर्दछौं कि यस घोषणाले सम्पुर्ण नेपाली उत्साहित हुनेछन्।’


क्लिकमान्डु