नेपाली अर्थतन्त्र संकटमा, भारतले स्थिर विनिमयदर परिवर्तन गर्न खोज्यो: पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं ।  संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताए ।

उनले नेपालको रुपैयाँ अवमुल्यन हुन सक्ने खतरा बढेको र यसले कोभिडबाट असर परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने बताए ।
‘नेपाल भारतको यो बीचको अवस्थामा सम्बन्ध विग्रने स्थिति रहदा खेरीमा हाम्रो अहिलेको परिस्थितिले के हुन्छ थाहा छैन् ।

यदि यो कुरा भयो भनेदेखि मैले एउटा आर्टिकल पढेको थिए द वायर द प्रिन्ट द हिन्दुस्तान टाइम्स न्यूजहरु पढ्दा खेरिमा के देखिन्छ भन्दा भयाभह खालको नेगेटिभ टिप्पणिहरु नेपालको सन्दर्भमा छ । एक रुपैयाँको एकरुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय गरेको १९९३ मा हो । यता आएर झण्डै ३० वर्ष बढी भयो । हामीले कुनै रेट चेन्ज गरेका छैनौं । कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारले प्रिभिलेज दिएको हो अव यो गर्नु जरुरी छैन हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ । पेक्ड होइन अव भारुसँग अनपेक्ड गर्नुपर्छ र त्यो अनपेक्ड हुने वित्तिकै डलरसँग हाम्रो पैसा पनि कमजोर हुन्छ । त्यसैले अहिले हाम्रो करेन्सीले दुवैतर्फ हिट गर्छ ।’

यस्तै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढी हुने र डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने पनि पूर्वअर्थमन्त्री पाण्डेले बताए । उनले भने ‘हाम्रो पैसा कमजोर हुने अर्कोपनि कारण छ । ग्लोबल क्राइसिसको कारणले के हुन्छ भने धेरैजसो देशहरुले अमेरिकाको डलर बन्ड किनिरहेको हुन्छ । जापान सबैभन्दा धेरै किनेको छ दोस्रोमा चाइना छ अरु धेरै देशहरु पनि छन् । हाम्रै पनि छ पौने १२ खर्बको हाम्रो फरेन करेन्सी रिजर्भ छ त्यसलाई हामी डलरमा किन्छौं । त्यसैले अव डलरको डिमान्ड बढेर जान्छ क्यास डिमान्ड सबै इकोनोमिलाई पैसा चाहिएको छ । त्यो क्यास माग्ने वित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन् । नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र लोकल करेन्सीहरु हरेक देशका करेन्सीहरु तल जन्छन । त्यसले अटोमेटिकल्ली इन्फ्ल्लेक्सनमा हिट गर्छ हाम्रो पैैसा कमजोर हुन्छ ।’

उनले अर्थमन्त्रालयका अधिकारीहरुले अहिलेसम्म यो विषयमा नहेरेको समेत बताए । उनले कुनैपनि बेला भारतले कुनैपनि स्टेप चालेमा नेपाललाई अप्ठेरो पर्न सक्ने बताए । अहिले पनि काकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने उनले बताए ।

सरकारको राजस्व संकलन उच्च दरमा घटेकाले खर्च गर्ने क्षमता ह्रास भएको र अहिले पनि १ खर्ब ७० अर्ब नगद डेफिसेट देखा परेको पाण्डेले बताउनुभयो । उहाँले क्यास डेफिसेट देखा परेको अवस्थामा सबै क्षेत्रको भुक्तानीमा असर पर्ने र अर्थतन्त्रमा दिर्घकालिन संकटको स्थिति देखापर्ने बताउनुभयो ।उहाँले भन्नुभयो ‘खासगरी क्यास स्टकमा हिजो अस्ति मैले हेरेको झण्डै १ खर्ब ७० अर्ब क्यास डेफिसेट छ ।


क्लिकमान्डु