बीमा क्षेत्रको पुँजीलाई बैंकबाट कमोडिटी मार्केटमा लैजानुपर्छः समिति अध्यक्ष चापागाई



काठमााडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा पुँजी परिचालनका लागि कम्पनीहरुलाई पनि धितोपत्र बोर्डले कमोडिटी मार्केटको संस्थापक सेयरमा लगानी गर्न दिनुपर्ने बताएका छन् ।

धितोपत्र बोर्ड आफ्नो २८औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको वेवनारमा बोल्दै उनले विगत ३/४ वर्षअघिदेखि बीमा क्षेत्रले अपेक्षित गतिमा वृद्धि हासिल गरिसकेको र यस क्षेत्रले ग्रामीण क्षेत्रबाट पनि पुँजी संकलन गरिरहेको हुँदा त्यो पुँजीलाई परिचालन गर्ने अवसर दिनुपर्ने बताए ।

‘बैंक नपुगेका स्थानीय तहमा समेत बीमा अभिकर्ता पुगेर निक्षेपलाई बीमा शुल्कको रुपमा ३ अर्ब ५० करोड रुपैयाँ बढी संकलन गरेका छन्,’ उनले भने ‘त्यो निक्षेप अहिले बैंकहरुमा जम्मा गरिएको छ ।’

बीमा कम्पनीहरुले बैंकमा जम्मा गरेको निक्षेपलाई दीर्घकालिन लगानीको रुपमा परिचालन गर्ने नमिल्लने हुँदा बीमा कम्पनीहरुले छोटो समयका लागि बैंकको संस्थागत मुद्दति निक्षेपमा राख्न बाध्य भएको उनले बताए ।

जसकारण बीमा लेखको बोनसमा प्रत्यक्ष असर परिरहेको हुँदा सरकारले छोटो समयका लागि जारी डिभेञ्चरमा बीमा कम्पनीहरुले पनि भाग लिने व्यवस्था धितोपत्र बोर्डले गरिदिनु पर्ने उनको भनाइ छ ।

‘बीमा क्षेत्रले संकलन गरेको पुँजी आवश्यकता अनुसार तुरुन्तै तरलतामा परिणत गर्नुपर्ने हुँदा त्यसको दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था हुनुपर्छ,’ अध्यक्ष चापागाईले भने ‘जतिपनि डिभेञ्चर अथवा डेभ मार्केटको विकास भएको हुँदा त्यसलाई दोस्रो बजारमा ट्रान्जेक्सन हुने किसिमले चाँडै व्यवस्था गर्नुपर्नेछ ।’

ऋणपत्रको कारोबारलाई छिटोभन्दा छिटो दोस्रो बजारमा ल्याउन पहल उनले बोर्डसँग आग्रह गरेका हुन् ।

बोर्डले कमोडिटी मार्केटको पब्लिक सेयरमा मात्र नभएर सबै प्रकारको सेयरमा बीमा कम्पनीहरु लागानी गर्न तयार रहेको जानकारी गराए ।


क्लिकमान्डु