शिखर इन्स्योरेन्समा निम्बस समूहले गर्यो सबै कर्मचारीको कोरोना बीमा



काठमाडौं । निम्बस समूहले कर्मचारीहरुलाई कारोना बीमा गरेको छ । कोरोनाबाट श्रीजीत स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योग आवद्ध कर्मचारीहरुको बीमा गराएको छ ।

कोरोनाका कारण हुने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न शिखर इन्स्योरेन्सको सहकार्यमा उद्योगमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीकाे बीमा गरेको छ ।

निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले भने ‘हामीले सवै कर्मचारीहरुलाई फेसमास्क,पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाकालागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं ।’

निम्बसले कर्मचरीलाई यसबिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, डिस्इन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गरेको जनाएको छ ।

अत्याबश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा निम्बसबजार डटकम मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु