प्रधानमन्त्री ओली जन्मेको गाउँ तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाइने



काठमाडौं । सरकारले तेह्रथुमको चुहानडाँडामा आन्तरिक विमानस्थल बनाउने भएको छ।

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तेह्रथुकको चुहानडाँडामा विमानस्थल बनाउने घोषणा गरेकी हुन् । चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको गाउँपालिका हो ।

लामो समय अघिदेखि तेह्रथुमका स्थानीयवासीले चुहानडाँडामा विमानस्थल निर्माण गर्न माग गर्दै आए पनि राजनीतिक पहुँच नपुगेका कारण विमानस्थल बन्न सकेको थिएन ।

त्यस्तै, सरकारले काभ्रेको उपयुक्त स्थानमा अर्को विमानस्थलसमेत निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।


पुष्प दुलाल