लकडाउनपछि भारतबाट ६ करोडको तरकारी आयात



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा लकडाउन सुरु भएपछि अहिलेसम्म ५ करोड ७५ लाख रुपैयाँको तरकारी भारतबाट आयात भएको बताएका छन् ।

अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले (चैत ११ देखि वैशाख २५ गतेसम्म) उक्त रकमको तरकारी भारतबाट आयात भएको बताएका हुन् ।
उनका अनुसार यो अवधिमा तरकारी ५ करोड ७५ लाख, गेडागुडी, दलहन ४ करोड ९ लाख ७४ हजार, फलफूल १ करोड ९९ लाख ८० हजार, दुग्धजन्य पदार्थ १ करोड ११ लाख रुपैयाँको आयात भएको बताए ।

उनका अनुसार यो अवधिमा डिजेल र पेट्रोल १३ अर्ब २५ करोड ६८ लाख, औषधीको कच्चापदार्थ र तयारी औषधी २ अर्ब ८३ करोड १२ लाख ३१ हजार, खाध्यान्न तरकारी गेडागुडी, दुधजन्य पदार्थ २७ करोड १३ लाख ८४ हजार, तरकारी १४ करोडको आयात भएको बताए ।

पाण्डेले अर्को वर्ष औषधी र औषधीजन्य बस्तु बढी आयत हुने देखिन जानकारी गराए । यो वर्ष ११ खर्ब १० अर्ब राजस्व संकलन गर्ने योजना भएपनि ९ खर्बमा झर्ने बताए । अर्थ मन्त्रालयले ९ खर्ब ४२ अर्बको हाराहारीमा भनेपनि आफूलाई पत्यार नलागेको उनको भनाई छ । अहिले सम्म ६ खर्ब ५० अर्ब संकलन भएको र यो क्रम अझै घटने उनको दाबी छ ।

नेपालको आर्थिक वृद्धि २.२८ प्रतिशत भनेपनि त्यो तथ्याङक आधिकारीक नभएको र असारसम्म पुग्दा त्यहाँ नपुग्ने पाण्डेको दाबी छ ।

छलफलमा उनले असार मसान्तसम्म पुग्दा आर्थिक वृद्धि २.२८ प्रतिशतबाट घटने दाबी बताए । उनले भने यो ‘वैशाखको एजमसन हो, मैले यो विषयमा नजिकबाट हेरेको छु । उहाँहरुले क्यालकुलेशन गरेको डाटालाई पनि हेरेको छु । उहाँहरुले कृषिको सिमा २५ प्रतिशत राख्नु भएको थियो । अहिले २७ प्रतिशत भन्नु भएको छ । खुद्रा ब्यापावरलाई ४९ प्रतिशत भन्नु भएको थियो । त्यो पनि रिडक्डर छ । घर जग्गामा ११.४ प्रतिशत भनेको त्यो पनि रिडक्सान छ । निर्माण १०.३ भनेकोमा त्यो ७ मा झरेको भनिदैछ । शिक्षा ७.२३ भनिएको थियो । त्यो पनि रिडक्सन छ । यो वैशाखको गणना हो । त्यसैले ग्रोथ घटने सम्भावना छ ।’


क्लिकमान्डु