भद्र सहमतिका नाममा अरुलाई समस्या नपार्न बैंकर्सलाई आइक्यानका अध्यक्षको सुझाव



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था(आइक्यान) का अध्यक्ष कृष्ण प्रसाद आचार्यले बैंकको ब्याजदरमा रेगुलेशन आवश्यक भएको बताएका छन् । बैंकहरुले ब्याजदरमा भद्र सहमतिको आधारमा अरुलाई समस्या पर्ने गरी निर्णय गर्न नहुने बताएका छन् ।

कोरोनाका कारण विप्रेषण घट्ने भएकोले ब्यालेन्स अफ पेमेन्टमा समेत असर पर्ने बताए । कोरोनाका कारण राजस्व संकलनमा असर पर्ने देखिएको धारणा राखे ।
आगामी आर्थिक वर्षबाट बजेट खर्च समयमा नै गर्ने परिपाटीको विकास गर्न आवश्यक देखिएकोे उनको भनाई छ ।

कोरोनाका कारण निर्यातजन्य उद्योग, हस्पिटालिटी, पर्यटन क्षेत्रमा धेरै नै असर पर्ने देखिने उनको भनाई छ । यति मात्रै नभएर अन्य क्षेत्रमा पनि निकै असर देखिएको बताए ।

कोरोनाका कारण वैदेशिक रोजगारीको क्षेत्रमा पनि असर पर्ने भएकोले आगामी आवको बजेटमा वैदेशिक रोजगारीमा ज्ञान हाँसिल गरेकाहरुलाई सहभागी गराउने विषयमा ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार विदेशमा रहेर विभिन्न क्षेत्रमा हाँसिल गरेको ज्ञान र क्षमतालाई अब नेपालमा नै सदुपयोग गर्ने नीति आवश्यक भएको बताए ।

सरकारले कोरोनाका कारण सिधै असर पर्ने होटल, एयरलाईन्समा सिधै असर पर्ने भएकाले त्यसमा पनि प्याकेज ल्याउनु पर्ने बताए ।

सरकारले रि–फाइनान्सीङ बढाएको भन्दै त्यसलाई स्पेशल इन्भेष्टमेन्ट फण्ड र त्यसको नीति बनाएर नै कार्यान्वयनमा जान सकिने धारणा राखे ।

एसएमइज र माइक्रो इन्टिटिजलाई राहतको प्याकेज आवश्यक भएकोले उनीहरुलाई आवश्यक परामर्श पनि दिन आवश्यक रहेको बताए । उनीहरुलाई आवश्यक परामर्श दिन सकेको खण्डमा अर्थतन्त्रमा समेत राम्रो प्रभाव पर्ने बताए ।
स्थानीय सरकारले गर्ने बजेट खर्चलाई बढी प्रभावकारी हुनुपर्ने तर्क गरे ।

वित्तीय क्षेत्रमा सबैका समाना सहभागीता आवश्यक रहेको बताए । सबैले यो बेलामा फण्ड म्यानेजमेन्टमा पनि ध्यान दिन आवश्यक रहेको बताए । त्यसको लागि रणनीति बनाएर नै उत्पादन मुलक काममा लाग्नु पर्ने बेला आएको बताए । उनले सरकारले ल्याउने राहत प्याकेजमा आईक्यान र आईक्यानका सदस्यहरुले सहयोग गर्न सक्ने जानकारी गराए । आगामी दिनमा आफ्नो सदस्यहरुलाई प्राविधिमा झनै बढी जोडदै लैजाने बताए ।

उनले कोरोना पछिको अर्थतन्त्रमा असर कम गर्नको लागि सबै एक जुट भएर अघि बढन आवश्यक रहेको बताए । यो बेलामा कसैले व्यक्तिगत स्वार्थमा लाग्न नहुने भन्दै सबैले अपनत्व लिन आवश्यक भएको पनि उल्लेख गरे ।

उनले सरकारले ल्याउने राहत प्याकेजमा आईक्यान र आईक्यानका सदस्यहरुले सहयोग गर्न सक्ने जानकारी गराए । आगामी दिनमा आफ्नो सदस्यहरुलाई प्राविधिमा झनै बढी जोडदै लैजाने बताए ।


क्लिकमान्डु