कोरोनाको असर बीमा क्षेत्रमा, जीवन बीमा कम्पनीको एक महिनामा नै प्रिमियम साढे ४ अर्बले घट्यो



काठमाडौं । कोरोनाको कहरले जीवन बीमा कम्पनीको प्रिमियम ७३.६३ प्रतिशतले घटेको छ । नेपालमा कोरोनाको संक्रमण न्युनिकरण गर्न लक डाउन भएपछि जीवन बीमा कम्पनप्हरुको व्यवसाय आधाभन्दा बढीले घटेको हो । फागुन महिनामा ७ अर्ब २ करोड रुपैयाँ प्रिमियम संकलन गरेका जीवन बीमा कम्पनीहरुले लकडाउन भएको चैत महिनामा २ अर्ब ५९ करोड रुपैयाँ मात्र प्रिमियम संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क घटेको छ । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले फागुन महिनामा २ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमा आर्जन गरेका थिए । जसमा एक महिना ७३.६३ प्रतिशत अर्थात २ अर्ब १ करोड रपैयाँले घटेर ७२ करोड रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, लकडाउन शुरु नविकरण बीमा शुल्क पनि ५५.५८ प्रतिशतले घटेको छ । कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । जसको कारण डिजिटल पहुँच नभएका धेरै बीमितले बीमा नविकरण गर्न कम्पनीसम्म पुग्न सकेनन् । त्यसैले फागुन महिनामा ४ अर्ब २१ करोड रुपैयाँ नविकरण शुल्क संकलन भएकोमा चैत महिनामा २ अर्ब ३४ करोड रुपैयाँले घटेर १ अर्ब ८७ करोड रुपैयाँ मात्र संकलन भएको हो ।

बीमा समितिका अनुसार चैत महिनामा वैदेशीक बीमा शूलक भने संकलन भएको छैन् । कोरोना भाइसरको कारण सरकारले चैतको पहिलो साता नै श्रम स्वीकृति बन्द गराएको थियो । जसको कारण चैत महिनामा वैदेशीक रोजगार म्यादी बीमा भएको थिएन । फागुन महिनामा नै अघिल्लो महिनाको तुलनामा वैदेशीक बीमा शुल्क संकलन ५७.८९ प्रतिशतले घटेको थियो । गत माघ महिनामा १९ करोड रुपैयाँ वैदेशीक बीमा शुल्क संकलन गरेकोमा फागुनमा ११ करोड रुपैयाँले घटेर ८ करोड रुपैयाँमात्र शुल्क संकलन गरेका थिए ।


क्लिकमान्डु