सम्पत्ति शुद्धिकरणले व्यवसायी सुलभ अग्रवाललाई तारेखमा छाड्यो, लकडाउनपछि अनुसन्धान हुने



काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले धरौटी लिएर तारेखमा छाडेको छ ।

विभागका एक उच्च अधिकारिका अनुसार उनलाई लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छाडिएको हो । अग्रवाललाई अदालतबाट बिहीबार धरौटीमा छुटे लगत्तै पक्राउ गरिएको थियो ।

अग्रवाललाई अदालतले लिए जति नै धरौटीमा छाडिएको अधिकारीको भनाइ छ। उनीसँग विभागले डेढ घन्टा वयान लिएको थियो ।

गच चैत २५ गते थर्मल गनको कालोबजारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले २५ लाख २५ हजार रुपैयाँ धरौटीमा बिहीबार छाडेको थियो ।


क्लिकमान्डु