कामदारको स्वास्थ्य परीक्षणले दक्षिण कोरियाका लागि तय नेपाल एयरलाइन्सको चाटर्ड उडान स्थगित



काठमाडौं । बिदामा नेपाल आएका श्रमिकलाई दक्षिण कोरिया फर्काउनका लागि बिहीबारका लागि तय भएको नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ । दक्षिण कोरियाका लागि उडान भर्ने तय भएको चार्टर विमान स्थगित भएको हो ।

गैरआवासीय नेपाल संघले नेपाली श्रमिकको स्वास्थ्य परीक्षणको माग गरेपछि उडान स्थगित भएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

२७४ सिट क्षमताको निगमको वाइड बडी विमानमार्फत् उनीहरुलाई दक्षिण कोरिया लैजाने तय भएको थियो । तर अब उनीहरुको स्वास्थ्य परीक्षण भएपछि मात्रै उडान हुनेछ । नयाँ उडान मिति पछि तय हुने समेत निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु