लकडाउन बैशाख २५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले लकडाउनको अवधि १० दिन थप गरेको छ ।

लकडाउनको अवधि सकिन १ दिन बाँकी रहँदा १० दिन थप गर्दै आज बसेको मन्त्रिपरिषदको निर्णयले  बैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको हो । यसअघि बैशाख १५ गतेसम्म लकडाउन थियो ।

सरकारले शुरुमा बैशाख ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेको थियो ।

नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १६ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।


क्लिकमान्डु