साढे ७ हजारले गरे कोरोनाको बीमा, बीमा कम्पनीलाई ४२ लाख प्रिमियम



काठमाडौं । कोरोना भइरसको बीमालेख सुरु भएको ५ दिनमा ७ हजार ४९९ ले बीमा गरेको छन् ।

समितिका अनुसार यो पोलिसी बेचेर बीमा कम्पनीले ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ । २० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरका हुन ।

यस्तो बीमा अस्पताल तथा कर्पोरेट हाउसहरुले गराएको बीमा समितिको भनाई छ । समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएकाे छ । नेपालमा पनि बीमा समितिले कोरोना भाइरसको बीमा सुरु गरेको छ ।


क्लिकमान्डु