खाद्य तथा दाना पदार्थ आयात, निर्यातमा विभागले गर्यो सहज व्यवस्था



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थ आयात, निर्यातकर्ताहरुको फोन तथा इमेलबाट सेवा लिन सकिने जनाएको छ ।

विभागले सूचना जारी गर्र्दै लकडाउनको कारण खाद्य तथा दाना पदार्थ आयात, निर्यातकर्ताले विभागमा आउन नसकेको खण्डमा फोन वा इमेलबाट सेवा लिन आग्रह गरेको छ ।
कोरोना भाइरसको कारण सरकारले लकडाउन जारी गरेको छ ।

यो अवधिमा खाद्य तथा दाना पदार्थ आयात, निर्यातकर्तालाई अनुमतिका लागि असहज भएको थियो । विभागले फोन वा इमेलबाट सेवा दिएसँगै सहज हुने अपेक्षा समेत गरिएको छ ।


क्लिकमान्डु