कोरोना कोषमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा साढे ७ लाख सहयोग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष’मा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
कोरोना भाइरसबाट त्रसित बनेको समयमा आफ्नो सहयोगले सरकारलाई केही भएपनि सहयोग हुने इन्स्योरेन्सको भनाई छ । आफ्नो सहयोगले सरकारलाई पनि कोरोना भाइरस विरुद्ध लड्न हौसला प्राप्त हुने जारी विज्ञप्तिमा उल्लेख छ ।