मंगलबार थप १० जना कोरोना पुष्टि, कुल संख्याा ४२ पुग्यो
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबारमात्र थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उदयपुर जिल्ला नै १२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् ।
निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परीक्षण भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अन्य थप ६९ जनाको परीक्षणको लागि बिराटनगरस्थित कोशी अस्पतालमा नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले लागि वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परिक्षण गर्दा पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ वर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ ।
यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड–१९ पुष्टी भएको संख्या ४२ पुगेको छ ।