धेरै नुन खानेको रोग प्रतिरोधी क्षमता कमजोरः अध्ययन
एजेन्सी । अध्ययनकर्ताहरुले धेरै नुन सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र ब्याक्टेरियाको आक्रमणसँग लडन नसक्ने बताएका छन ।
उक्त अध्ययनका लागि अध्ययनकर्ताहरुले मुसालाई धेरै मात्रामा नुन खुवाएका थिए । उक्त मुसामा धेरै ब्याक्टेरियाको संक्रमण देखिएको थियो ।
प्रत्येक दिन ६ ग्राम नुन धेरै खाने मानव स्वयमसेवकहरुले पनि आफ्नो रोक प्रतिरोधी क्षमता कम भएको बनाएका थिए । अध्ययन अनुसार यो नुनको मात्रा दुईपटकको खानामा राख्न सकिने मात्रा हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक वयस्क मानिसले एक दिनमा बढीमा ५ ग्राम नुन खान सक्छन । यो करिब एक चियाचम्चा बराबर हुन आउँछ ।
जर्मनीको बोन विश्वविद्यालयबाट अध्ययनकर्ता रहेकी क्रिस्टिना कुट्स भन्छिन– हामी पहिलो पटक धेरै नुन सेवनले रोग प्रतिरोधात्मक क्षमताको महत्वपुर्ण पक्षलाई कमजोर बनाउँछ भन्ने प्रमाणित गर्न सफल भएका छौ ।
हुर्जबर्ग विश्वविद्यालयकी अध्ययनकर्ता कटरजिना जोविनका भन्छिन– हामीले यो कुरा मुसामा देखाउन सफल भएका थियौ जसमा लिस्टेरिया संक्रमण देखिएको थियो । हामीले केहि मुसालाई धेरै नुन दिएका थियौ । मुसाहरुको लिभरमा हामीले १ सय देखि १ हजार पटक रोग निम्त्याउने प्याथोजिन्स गनेका थियौ ।
लिस्टेरिया विग्रेको खानामा भेटिने ब्याक्टेरिया हो जसले ज्वरो जगाउने र वान्ता गराउने गर्दछ । धेरै नुन खुवाएका मुसाको मुत्रप्रणालीको संक्रमण पनि धेरै ढिला निको भएको थियो ।
धेरै नुन खाएको एक हप्तापछि बैज्ञानिकहरुले रगतमा ग्य्रानुलोसाइट्स परीक्षण गरेका थिए । जसमा रोग प्रतिरोधि सेलहरु ब्याक्टेरियाका कारण खराब अवस्थामा रहेका थिए । मानस स्वयमसेवकमा धेरै नुनले ग्लुकोकोर्टिकोइडको मात्रा पनि धेरै देखिएको थियो ।