कोभिड क्लिनिक सञ्चालन गर्न काठमाडौंका १६ वटा निजी अस्पतालले पाए अनुमति
काठमाडौं । कोभिड क्लिनिक सञ्चालन गर्नका लागि काठमाडौंका १६ वटा थप अस्पतालले अनुमति पाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोभिड क्लिनिक सञ्चालन गर्न २५ वटा हव अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल र २२ मेडिकल कलेजले अनुमति पाइसकेका थिए ।
कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी भइसकेको पछि थप १६ वटा अस्पताललाई अनुमति दिइएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाभित्र बिरामीको ट्रान्फसर गर्नका लागि नेपाल रेडक्रस सोसाइटीसँग भएको र १०० शैयाभन्दा बढी क्षमता भएका अस्पतालसँग भएका एम्बुलेन्स प्रयोग गरिनेछ । ती सबैलाई केन्द्रीय नेटवर्कमा ल्याएर परिचालन गरिनेछ । यसका लागि १०२ नमब्रमा फोन गरी सेवा लिने निर्णय गरिएको छ ।