लकडाउन बैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सपकारले लकडाउनको अवधि बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको निर्णयले लकडाउन थप १२ दिन बढाउने निर्णय गरेको हो । यसअघि चैत ११ गतेदेखि लकडाउन गर्ने निर्णय गरिएको थियो ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेसँगै सरकारले लकडाउन बढाइएको हो । नेपालमा हालसम्म १६ जनामा कोरोना संकेरमणको पुष्टी भइसकेको छ भने १ जना उपचारपछि निको भइसकेको छ ।

हाल १५ जनाको उपचार भइरहेको छ ।


क्लिकमान्डु