कोरोनाको आशंका देखिएको सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री खतिवडा गएका थिए ? यस्तो छ वास्तविकता



काठमाडौं । नयाँ वर्षको दिन सोमबार बेलुका काठमाडौंको सनसिटी अपार्टमेन्टमा ३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो ।

उनीहरु बेलायतबाट नेपाल फर्केका थिए ।उनीहरुको र्यापिड परीक्षणको क्रममा पोजिटिभ संकेत देखिएपनि कोरोनाको संक्रमण पुष्टी गर्नको लागि प्रयोशालामा स्वाव परीक्षण हुनुपर्छ । त्यो भने भोलिमात्र आउने छ । अहिलेसम्म आशंका मात्र हो ।

योसँगै सामाजिक सञ्जालमा सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डा युवराज खतिवडा समेत गएको र त्यहाँको सोसाइटी निर्वाचनमा जितेका व्यक्तिहरुलाई बधाई दिएर आएको चर्चा भएको छ ।

सनसिटीको सोसाइटी निर्वाचन भने सरकारले लकडाउन घोषणा गर्नु अगाडि नै भएको हो । सरकारले लकडाउन घोषणा गरेको पनि २१ दिन बितिसकेको छ ।

सो अपार्टमेन्टमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक खतिवडा बस्दै आएका सत्य हो ।

तर, अर्थमन्त्री खतिवडा आफ्नो निवास र कार्यालयदेखि अन्य स्थानमा आवतजावत नै नगरेको अर्थमन्त्री खतिवडाका संचार संयोजक यमन पौडेलले बताए ।

‘तिलक सर त्यो अपार्टमेन्ट बस्नु हुन्छ भनेर थाहा हुनेले यो हल्ला मात्रै फिजाएका हुन्,’ उनले क्लिकमाण्डूसँग भने ‘उहाँको छोरा नै अहिले सो अपार्टमेन्ट नजानु भएको धेरै भइसक्यो, उहाँ झन किन जानु हुन्छ र ?’

मन्त्री खतिवडालाई मुटुको समस्या भएको कारण डाक्टरले भिडभाडमा नजान सुझाव दिएको कारण लकडाउन भन्दाअघि देखि नै आफ्नो परिवारका सदस्य र मन्त्रालयका सीमित २/३ जना बाहेक कोहीसँग भेटघाटसम्म नगरेका सचिव पौडेलले बताए ।

केही कारणवश बाहिर जानु पर्ने भएमा उच्च स्वास्थ्य सुरक्षा अपनाएर मात्र अर्थमन्त्री बाहिर जाने उनले जानकारी दिए ।

त्यसँगै सामाजिक सञ्जालमा अर्थमन्त्री त्यहाँ गएको हल्ला चलेसँगै सोही अपार्टमेन्टमा बस्ने एकजनाले ट्विटरमा निर्वाचन लकडाउन हुनुभन्दा २ दिन अगाडि भएको र अर्थमन्त्री त्यहाँ नगएको प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु