अर्घाखाँची सिमेन्टद्धारा प्रदेश ५ सरकारलाई ५१ लाख सहयोग



काठमाडौं । अर्घाखाँची सिमेन्टले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका संचालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५१ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रदेश ५ का नागरिकको स्वास्थ्यरक्षाकालागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित ब्यक्तिहरुको उपचारका लागि प्रदेश ५ सरकारले कोष खडा गरेको छ ।

सरकारद्धारा नागरिकको जीवन रक्षाकालागि थालिएको अभियानमा स्वयंको दायित्व बोध गरी सहयोग प्रदान गरेको हो कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए । उनका अनुसार यसका अलावा कम्पनीको सिमेन्ट कारखना रहेको रुपन्देहीको सियारी गाउँपालीकाद्धारा जनताका लागि राहतको ब्यवस्था गर्नका लागि संचालित कार्यक्रमका लागि कम्पनीले दुई लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले उपलब्ध गराएको रकम गाउँपालीकाद्धारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागि खर्च हुनेछ । यसका साथसाथै, अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पा स्थितदुई गाउँपालीका – तिनाउँ गाउँपालीका र मचागढी गाउँपालीकाका बिपन्न बर्गका घरपरिवारका लागि कम्पनीले गाउँपालीकाको समन्वयमा करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ ।

महाप्रबन्धक कार्कीका अनुसार परिवार सदस्य संख्याका आधारमा प्रति घरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, आधा केजी तेल र १ थान हात धुने साबुन प्रदान गरिनेछ ।

‘सदस्य संख्या चार भन्दा बढी भएको परिवारमा भने सो भन्दा बढी परिमाणको राहत सामाग्री दिइनेछ’,महाप्रबन्धक कार्कीले भने ‘सरकारले तोकेको लकडाउनको पालनागर्ने क्रममा आºनो दैनिक ज्यालादारी कामगर्नबाट बञ्चित रहँदा आर्थिक अभाव तथा खाद्यान्न संकट झेलिरहेका परिवारहरुको पहिचान गरी उनीहरुकालागि कम्तीमा १० दिनकालागि पर्याप्त हुने सामाग्रीको वितरण गरिनेछ ।’


क्लिकमान्डु