घर फर्किने आप्रबासी कामदारबाट कोरोना संक्रमण फैलिने डर छ, सचेत बनौं: विश्व बैंक



काठमाडौं । घर फर्किने आप्रबासी कामदारबाट कोरोना भाइरस संक्रमण फैलिसक्ने विश्व बैंकले चेतावनी दिएको छ । घर फर्किने कामदार अहिलेसम्म कोरोना नफैलिएका ठाउँमा पनि कोरोना सक्रमण आधार बन्नेसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरेको छ ।

पछिल्लो समय निस्किएको वल्र्ड बैंकको रिपोर्टमा भनिएको छ-  दिक्षिण एशिया विश्वको सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो । विशेष गरी शहरी क्षेत्रमा धेरै मानिसहरु बस्ने भएकाले घरेलु संक्रमण रोक्नु एउटा भब्य चुनौती रहेको छ ।

आप्रबासी कामदारको चलायमानले विभिन्न शहर र गाउँमा सजिलै कोरोना भाइरसबाहकको रुपमा काम गर्न सक्छ, विश्व बैंकको साउथ एशिया इकोनोमिक अपडेटः इम्प्याक्ट अफ कोभिड- १९ रिपोर्टमा उल्लेख गरिएको छ ।

दक्षिण एशियाको एउटा सवल पक्ष भनेको अमेरिका र चीनमा भन्दा ६५ वर्ष माथिको जनसंख्या न्युन छ । जसले मृत्युदरमा कम हुनसक्छ ।

जबकि घरपरिवारको आकार भने ठुलो रहेको छ । त्यसगरी अन्य देशको तुलनमा स्वास्थ्य सामग्रीहरु कम पाइन्छन ।

बैंकले लकडाउन नितीका कारण विश्वभर करौडौ आप्रबासी कामदार प्रभावित भएको जनाएको छ । दैनिक ज्यालादारीमा काम गर्ने ती कामदारले काम नपाएका कारण पैदल भएपनि आफ्नो घर फls{एको समेत बैंकले जनाएको छ ।

अहिले कामदारहरुसँग २ विकल्प छन् । कि त उनीहरु काम नभएपनि भोकभोकै बस्नुपर्छ कि त सयौं माइल हिँडेरै भएपनि घर जानुपर्छ ।

प्रारम्भिक अध्ययनले भारतमा अत्याधिक आप्रबासी रहेका क्षेत्रमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको देखाएको समेत बैंकले जनाएको छ । अत्याधिक आप्रबासी हिडने क्षेत्रमा पुर्णस्वास्थ्य सामग्री सहितमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाउन समेत विश्व बैंकले अनुरोध गरेको छ ।

काम गर्ने क्षेत्रमा बस्न नसक्ने कामदारहरुलाई उचित व्यवस्था गरी घर फर्किने व्यवस्था गर्न समेत सरकारलाई विश्व बैंकले आग्रह गरेको छ ।


पुष्प दुलाल