कोरोना प्रभाव: चीनको सेन्जेनमा आगामी मे १ देखि कुकुर र बिरालो खाना नपाइने
काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनमा आगामी मे १ देखि कुकुर र विरालो खान रोक लगाइने भएको छ । दक्षिण चीनीया प्राविधिक हबका अधिकारीहरुले उक्त नियम लागु गर्ने निर्णय गरिएको हो ।
चीनको उच्च संसदले गत फेब्रुवरी अन्तिममा जंगली जनावरको व्यापार र उपभोगमा रोक लगाउने जनाएको थियो । बैज्ञानिकहरुले जंगली जनावरबाट मानिसका कोरोना भाइरस संक्रमण भएको आशंका गरेका छन् ।
कोरोना देखिएका शुरुका विरामीहरु वुहानको जंगली जनावर सम्वन्धि मार्केटसँग सम्वन्धित भएको पाइएको छ । उक्त बजारमा चमेरा, सर्पलगायत अन्य जंगली जनावरको कारोबार हुन्थ्यो ।
चीनबाट शुरु भएको यो रोगले अहिले विश्वभर करिब साढे १० लाख मानिस संक्रमित भइसकेका छन् भने ५० हजार बढीको मृत्यु भइसकेको छ ।
कुकुर र विरालो मानिसको सबैभन्दा नजिकको घरपालुवा जनावर भएको र विभिन्न विकसित मुलुकमा कुकर र विरालो खान रोक लगाइएको उक्त शहरको सरकारले जनाएको छ ।
यो निषेधको निर्णयले मानब सभ्यताको मागलाई समेत सम्बोधन गर्ने समेत बताइएको छ । एशियाका प्रायः धेरैजसो भूभागमा कुकुर खाने गरिन्छ ।
सेन्जेन शहरका एक अधिकारीले भनेका छन्- पोल्ट्री र घरपालुवा जनावरबाट भन्दा जंगली जनावरबाट धेरै तागत पाइन्छ भन्ने कुनै प्रमाण छैन ।
उक्त शहरको जंगली जनावर खान नपाइने नियमलाई जनावर कल्याणकारी समूहहरुले स्वागत गरेका छन् ।