कोरोनाले बेरोजगारी बढेपछि अमेरिकको भिसा रोक्न माग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र



काठमाडौं । विश्वभरबाट रोजगारीको खोजीमा धेरै मानिसहरु अमेरिका जाने गर्दछन् । तर विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बेरोजगारीको संख्या ह्वात्तै बढेपछि अमेरिकाका बेरोजगारीको गम्भिर समस्या थपिने देखिएको छ ।

अमेरिकामा बेरोजगारी बढेसँगै अन्य देशबाट कामदार ल्याउन बन्द गर्न माग गर्दै अमेरिकन प्राविधिक कामदारको संस्थाले डोलाल्ड टम्पलाई आग्रह गर्दै पत्र लेखेको छ । उक्त पत्रमा अन्य देशबाट कामदार ल्याउने एच वानबी भिसा र एच टुबी भिसा एक वर्षका लागि बन्द गर्न अनुरोध गरिएको छ ।

एच वानबी भिसा अमेरिकी कम्पनीहरुले कुनै विशेष कामका लागि विदेशी कामदार भित्र्याउन पाउने भिसा हो । उक्त भिसामा अमेरिका जान चाहाने कामदारमा सम्बन्धित कामको सैद्धान्तिक र प्राविधिक ज्ञान हुनपर्ने प्रावधान छ ।

यही भिसा र प्रावधानमा आधारित रहेका अमेरिकास्थित कम्पनीहरुले वर्षेनी हजारौ कामदार कामका लागि अमेरिका लाने गरेका छन ।

अमेरिकामा रहेको गैरनाफामुलक संस्था युएस टेक वर्कसले राष्ट्रपति डोलाल्ट टम्पलाई पत्र लेख्दै एचवानबीका साथै एचटुबी भिसा कार्यक्रम केही समयका लागि बन्द गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसले अर्थतन्त्रमा नकरात्मक असर पारेकाले यस्तो कदम चाल्न उक्त पत्र लेखिएको जनाइएको छ । उक्त पत्र राष्टपतिको कार्यालय, कंग्रेसका सबै सदस्य लगायत अन्य निकायमा समेत पठाइएको उक्त संस्थाले जनाएको छ ।

एचटुबी भिसा विशेष गरी विदेशी कृषि कामदार ल्याउन मिल्ने भिसा हो । अमेकिरकाका विभिन्न व्इवसायमा विशेष गरी लेटिन अमेरिकी राष्टहरुबाट यो भिसामा कामदार लैजाने गरिएको छ ।

गत विहिबार तीस लाख जनाले बेरोजगार भएको दाबी गरेका थिए । यो सन १९८२ को अक्टुवरमा देखिएको ६ लाख ९५ हजार बेरोजगार संख्या पछिको सबैभन्दा धेरै भएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा थप स्पष्टसँग भनिएको छः हामीले तपाइलाई अहिले एच वानबी भिसा होल्ड गर्न आग्रह गर्दछौ जसले यो वर्ष ८५ हजार कामदार भित्रनेछन । साथै अहिले भर्खरै एच टुबी भिसामा ३५ हजार कामदार भित्राउने गरी भएको निर्णयलाई खारेज गर्न समेत आग्रह गर्दछौं ।

कोरोना भाइरसका कारण अर्थतन्त्रमा भएको गिरावटका बेला विदेशी कामदार ल्याउन अनुमति दिनु राम्रो पक्ष हुँदैन उक्त पत्रमा भनिएको छ । मार्च २१ सम्ममा ३० लाख ३ हजार अमेरिकी नागरिकले जागिरविहिन भएको दाबी गरिसकेका छन् ।

थिंक ट्यांकहरुको संस्था क्याटोको जारी गरेको रिपोर्टमा ग्रिन कार्डका लागि आबेदन दिएका २ लाख भन्दा धेरै भारतीयहरु ग्रिन कार्ड पाउनुअघि बुढेसकाल लागेर मर्न सक्ने उल्लेख गरिएको छ ।

अमेरिकी ग्रिन कार्ड अर्थात स्थायी बसोबास अनुमति पाउनका लागि भारतीय प्राविधिक कामदारहरुले दशकौ पर्खिनुपर्ने आँकलन गरिएको छ । ग्रिन कार्डले गैर अमेरिकी नागरिकलाई अमेरिकाका स्थायी रुपमा बसी काम गर्न अनुमति प्रदान गर्दछ ।


पुष्प दुलाल