भारतको राजस्थान र आन्द्र प्रदेशका मन्त्री र कर्मचारीको पनि तलब काटिने



काठमाडौं । कोरोनाको महामारीले विश्व अर्थतन्त्र ओरालो लागेको छ । कोरोना रोकथाम सहयोगका लागि भारतको राजस्थान र आन्द्र प्रदेशका मूख्य मन्त्री, मन्त्रीहरु र कर्मचारीहरुको तलब कटौती गरिने भएको छ ।

राजस्थान र आन्द्र प्रदेशको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा कोरोनाका कारण उद्योगधन्दा र व्यापारिक गतिविधि ठप्प हुँदा मार्च महिनामा राजश्व संकलन १७ सय करोडले घटेको बताइएको थियो ।

आन्द्र प्रदेशको राजश्व संकलनमा पनि भब्य गिरावट आएपछि मन्त्री लगायत कर्मचारीहरुको तलब कटौती हुने भएको हो ।

तलब कटौति विभिन्न तहअनुसार १० देखि १०० प्रतिशतसम्म हुने बताइएको छ । तलब कटौती अर्को आदेश जारी नभएसम्म निरन्तर हुने समेत मूख्य सचिब निलम सहनेले बताएका छन् ।


पुष्प दुलाल