पूर्वराजा ज्ञानेनद्रले कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

मंगलबार शाहले जारी गरेको सन्देशमा कोरोना भाइरसको यो दुःखको घडीमा नेपाली जनतालाई साथ दिनका लागि हिमानी कोषलाई २ करोड रुपैयाँ दिइ नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण र उपचार कोष’मा दाखिला गर्न बुझाएको उल्लेख गरेका छन् ।

साथै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन पालनामा गैर जिम्मेवार हुने छुट नभएको भन्दखै सबैले पालना गर्न समेत जरुरी भएको बताएका छन् । साथै यस अवधिमा अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी तथा पत्रकारप्रति आभार व्यक्त गरेका छन् ।


क्लिकमान्डु