असहाय, ज्याला मजदुरी गर्नेलाई महानगरीय प्रहरीद्वारा निःशुल्क खाद्य सामग्री वितरण



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको बिशेष पहल एवं बिभिन्न बैंकहरुसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउनेलाई निःशुल्क खाद्य सामाग्री वितरण गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण दैनिक खाना खान समेत कठिन हुन भएकोले उनीहरुका लागि निःशुल्क खाद्य सामाग्री वितरण गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले मंगलबार नेपाल ह्युमन सर्भिस अर्गनाइजेशन मनमैजुु मा रहेका ३० जना, काठमाडौं, नवजीवन समाज, फुटुङ काठमाडौंमा रहेका २० जना, पवित्र समाज सेवा टोखामा रहेका ५५ जनालाई खाध्यान्न वितरण गरेको छ ।

महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका हुुन ।

हाल उत्पन्न विषम परिस्थितिमा मानव सेवामा समर्पित संघसंस्था तथा दैनिक ज्यालादारी मजदुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या बेहोर्नु नपरोुस भनी मानव सेवाको ध्येयले निःशुल्क वितरणको अभियान संचालन गरिएको र यो अभियान लकडाउन अवधिभर संचालन गरिने उनले बताए ।

कुनै गुनासो भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


क्लिकमान्डु