लकडाउनको अवधि चैत २५ गतेसम्म बढाउने सरकारको निर्णय, सीमा नाका पनि बन्द रहने



काठमाडौं । सरकारले लकडाउनको अवधि एक साता बढाएको छ । यसअघि चैत ११ गतेदेखि १८ गतेसम्मका लागि कायम गरिएको लकडाउनको अवधि बढाएर चेत २५ गते राति १२ बजेसम्म पुर्याइएको हो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको बढ्दो जोखिमको गम्भीर्यतालाई ध्यान दिँदै लकडाउनको अवधि बढाएको हो ।

आइतबार नै बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउने प्रस्ताव गरेको थियो । बैठक पछि बोल्दै प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भारतमा २१ दिनसम्म लकडाउन गरिएको भन्दै नेपालमा पनि गर्नका लागि प्रस्ताव गरिएको थियो ।

साथै उच्चस्तरीय बैठकले हवाई उडान पनि बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेलामा नेपालमा पनि हालसम्म ५ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् भने बाँकी ४ जनाको उपचार भइरहेको छ । जसमध्ये राजधानीको टेकुस्थित अस्पतालमा २ जना, पोखरामा १ जना र १ जनाको धनगढीमा उपचार भइरहेको छ ।

विश्वस्तरमा हेर्ने हो भने कोरोना संक्रमितको संख्या साढे ६ लाख ६८ हजारभन्दा बढी पुगिसकेको छ भने हालसम्म ३१ हजार जनाले ज्यान गुमाइसकेका छन् । साथै १ लाख ४२ हजार जना उपचारपछि निको समेत भइसकेका छन् ।


क्लिकमान्डु