कोरोना भाइरस नियन्त्रणको लागि ऋण चाहिएमा ५ दिनमा बैंकले ऋण दिने



काठमाडौं । अस्पताल तथा कोरोना भाइरसको रोकथाममा संलग्न संघसस्थाले बैंकबाट ५ दिनमा नै कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थालाई अस्पताल तथा अन्य कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा संलग्न संघसस्थालाई प्रकृया पुर्याए कर्जाको आवेदन दिएको ५ दिन भित्र कर्जा प्रदान गर्न आइतबार निर्देशन दिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले उत्पन्न गराएको असहज परिस्थीतिलाई सहज गर्न यस्तो निर्देशन जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए ।

कोरोना भाइरसको संक्रमणका सहयोग गर्ने वा औषधी उपचार जारी गर्दै कोरोना भाइरसको उपचारका लागी आवश्यक पर्ने वस्तु तथा उपकरण, औषधी, खाद्यान्न लगायत अत्यावश्यकीय माल वस्तु पैठारी तथा बिक्री वितरणमा सहज बनाउने प्रयोजनका लागि कर्जाको माग भएमा संक्षित प्रक्रिया पुरा गरी ५ दिन भित्र बैंकले कर्जा दिनु पर्ने सो निर्देशनमा उल्लेख गरिएको छ । साथै कोरोना भाइसर रोक थाम तथा उपचार र अन्य सम्बन्धीत कार्यका लागि प्रवाहीत कर्जालाई प्राथमिकता प्राप्त क्षेत्रको कर्जामा गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै, हाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोक थाम तथा नियन्त्रण कोषमा बैंकहरुले गरेको सहयोगलाई पनिसंस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत गणना गर्न सकिने र सो कोषमा बैंकहरुले सिएसआरमा खर्च गर्ने रकम योगदान गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु