सेयर बजार बन्द गर्न लगानीकर्ताको माग, अनलाइनबाट पनि कारोबार नगर्न अपिल
काठमाडौं । सेयर लगानीकर्ताका संघहरुले तत्कालको लागि सेयर बजार बन्द गर्न आग्रह गरेका छन् ।
सेयर लगानीकर्ताका ५ वटै संगठन नेपाल ईन्भेष्टर्स फोरम,सेयर लगानिकर्ता संघ नेपाल, नेपाल पुँजिबजार लगानिकर्ता संघ
सेयर लगानिकर्ता दबाव समुह र नेपाल पुँजिबजार संघले संयुक्त विज्ञप्ति जारी गर्दै बजार तत्कालको लागि बन्द गर्न माग गरेका छन् ।
विश्वभर त्रासको रूपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस)को कारण पर्न सक्ने प्रभावलाई सम्भावनालाई मध्य नजर गर्दै बजार बन्द गर्न आग्रह गरेका हुन । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले देशबासिको नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेक सबै चैत २१ गतेसम्म बन्द आग्रह गरेका थिए ।
सेयर बजार पनि अत्यावश्यकमा नपर्ने भएको र सरकारले घोषणा गरेर २५ जना भन्दा बढिको समूहमा कसैलाई पनि नबस्नु भनेकोले सेयर कारोबार गर्ने स्थलमा २५ जना भन्दा बढी नै हुने भएको भन्दै बजार बन्द अर्न आग्रह गरेका हुन् । सरकारको उक्त निर्णयलाई आत्मसात गर्दै सम्पुर्ण लगानिकर्तालाई ब्रोकर कार्यालयमा गई कारोवार नगर्न आग्रह गरेका छन् ।
अहिले परिप्रेक्ष्यमा डिम्याट खाता र बैंक खाता ईन्टिग्रेशन नभई सकेकोले लगानिकर्ताहरू ब्रोकर कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता भएकोले अनलाईन कारोवार समेत नगर्नु अपिल गरेका छन् ।
अहिले ५ वटै लगानीकर्ताका संघ नेप्सेमा पुगेका छन भने नेप्से सञ्चलाक समितिको बैठक पनि बिहान साडे ८ बजेदेखि बसी रहेको छ ।