नेप्सेका सिइओ साउदले बाँडेको लड्डु सेयर बजारलाई पचेन, बजारमा निरन्तर गिरावट



काठमाडौं । केही साता अघिसम्म सेयर बजारमा दोहोरो अंकको सुधार आउने गरेको थियो । त्यो समयमा सेयर बजारमा कारोबार रकममा पनि पनि निकै सुधार मात्रै होइन आफ्नो रेकर्ड आफैले तोडदै ४ अर्ब ८४ करोड भन्दा बढीको कारोबार समेत भएको थियो ।

नेप्सेले अन्तिम समयमा आफ्नो रेकर्ड आइतबारको कारोबारमा तोडेको थियो । त्यो भन्दा अघिल्लो कारोबारको रेकर्ड आइतबारको कारोबारले तोडेको थियो । तर शुक्रबार नै नेप्सेका सिइओ साउदले नेप्सेमा नै सेयर बजार आफ्नो रेकर्ड ब्रेक गरेको भन्दै लड्डु बाँडे । त्यो लड्डुको बाँडेपछि सेयर बजारले आफ्नो रेकर्ड तोडन सकेको छैन । बरु साढे १६ सय कटेको नेप्से सूचक १२७२.०६ बिन्दुमा झरेको छ ।

मंगलबार नेप्से मापन गर्ने सूचक ४४.३३ अंकले घटेर १२७२.०६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर २७४.५९ बिन्दुमा रोकिएको छ ।

१७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता सेयर १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक रहेको छ । बैंकको १० करोड ७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा एनएमबी बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रो, बिशाल बजार कम्पनी, एनएमबी हाईब्रिड फण्ड एल-१ का लगानीकर्ताले कमाउँदा सिद्धार्थ इन्स्यारेन्समा नकारात्मक सर्किट लागेको छ । नेपालसेवा लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु